७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गर्मी बढ्यो, भैरहवाको तापक्रम ४३.६ डिग्री माथि

नागरिक पोष्ट

आईतवार, ९ बैशाख २०८१

11255 views

11255 views

गर्मी बढ्यो, भैरहवाको तापक्रम ४३.६ डिग्री माथि

काठमाडौं । २०८१ साल लागेसँगै देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा चर्को घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ ।

नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक हुन थालेको छ । चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।

यसैगरी शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?