७ कार्तिक २०८१, बुधबार

ताजा खबर

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

नागरिक पोष्ट

शुक्रबार, ७ बैशाख २०८१

4166 views

4166 views

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं   । तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३।२ प्रतिशत भएको छ । नेपाली सेनाले जिम्मा पाएको द्रुत मार्गको निर्माण कार्य अगाडि बढिरहेको नेपाली सेनाले जानकारी गराएका छन् ।

शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले द्रुत मार्गको आर्थिक तथा भौतिक प्रगति ३३ प्रतिशत रहेको जानकारी दिएका हुन् ।


उनले वन मन्त्रालयले पछिल्लो समयमा वातावरणीय पूरक प्रतिवेदन स्वीकृत गरेकाले काम तीव्र गतिमा अगाडि बढेको उनले बताए ।

१३ वटा निर्माण प्याकेजमा ६ वटाको ठेक्का लगाएर काम भइरहेको र बाँकीमध्ये केहीको ठेक्का लगाउने काम शुरू भएको जानकारी प्रधानसेनापति शर्माले दिए । विशेष गरी ललितपुरको प्रस्थान बिन्दु खोकनामा जग्गा मुआब्जा विवाद समाधान नभएकाले त्यहाँ ठेक्का लगाउने काम अझै अगाडि बढ्न नसकेको सेनाले जनाएको छ ।


आयोजनाअन्तर्गत १५ हजार ४१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जसमा व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी, त्यसमध्ये ४ हजार ७८० रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले बताएको छ ।

प्रधानसेनापति शर्माले द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको जानकारी दिएका हुन् ।

उनकाअनुसार आर्थिक वर्ष २०७३र०७४ मा एक अर्ब ३४ करोड, ०७४र०७५ मा सात अर्ब ६३ करोड, ०७५र०७६ मा पाँच अर्ब ७३ करोड, ०७६र०७७ मा एक अर्ब ९७ करोड, ०७७र०७८ मा आठ अर्ब ७३ करोड, ०७८र०७९ मा आठ अर्ब ८९ करोड, ०७९र०८० मा १४ अर्ब ९४ करोड र ०८०र०८१ को हालसम्म ११ अर्ब २१ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा सकिएको छ ।

गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३।२ प्रतिशत सकिएको र वित्तीय प्रगति ३३ प्रतिशत भएको उनले बताए । उनकाअनुसार निर्माणाधीन तीन वटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको र हालसम्म ३० हजार  ५९१ रुख काटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?