१२ मंसिर २०८१, बुधबार
ताजा खबर

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

नागरिक पोष्ट

शुक्रबार, ७ बैशाख २०८१

5866 views

5866 views

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं । पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव बढ्दै गएको छ । यसै सिलसिलामा शुक्रबार इजरायलले इरानका केही सहरमा मिसाइल हमला गरेको छ ।

शुक्रबार बिहानै भएको हमलामा इरानका केही परमाणु प्लानमाथि पनि निशाना लगाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इरानको सरकारी न्युज एजेन्सीलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार इरानको इसाफहान शहरको एयरपोर्टमा पनि विस्फोटनको आवाज सुनिएको छ । यो शहरमा धेरैवटा ब्युक्लियर प्लान्टहरु रहेका छन् ।


इरानको सबैभन्दा ठूलो युरेनियम परियोजना पनि यही सहरमा रहेको छ । विस्फोटनका घटनापछि इरानका कतिपय शहरमा विमान सेवा अवरुद्ध गरिएका छन् । कतिपय विमानहरु इसाफहानबाट ‘डाइभर्ट’ गरिएको छ ।

इजरायलले इरानमाथि प्रतिरक्षात्मक आक्रमण गरेको जनाएको छ । उसको दाबीअनुसार गत अप्रिल १३ को मध्यरातमा इजरायलमाथि इरानले मिसाइल र ड्रोनबाट हमला गरेको थियो ।


उता, गत अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूताबासमा हमला हुँदा इरानी उच्च सैन्य अधिकारीसहित केही सुरक्षाकर्मीको मृत्यु भएको थियो । इरानले आफ्नो दूताबासमा भएको सो आक्रमणमा इजरायलको हात रहेको आरोप लगाउँदै आएको छ ।

अरब मुलुकका दुई बलिया शक्तिराष्ट्रबीच बढ्दो तनावले विश्व शान्तिमा असर पर्न सक्ने भन्दै विश्वव्यापी चिन्ता प्रकट हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?