७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पहाडी क्षेत्रमा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा

नागरिक पोष्ट

मंगलवार, ४ बैशाख २०८१

4812 views

4812 views

पहाडी क्षेत्रमा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारणले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।


आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने तथा देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू(भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?