७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गैँडाको आक्रमणबाट एक युवक घाईते

नागरिक पोष्ट

सोमबार, ३ बैशाख २०८१

8943 views

8943 views

गैँडाको आक्रमणबाट एक युवक घाईते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।

मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए ।


आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मनहरी खोलाको नदी उकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो । स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेका थिए । मनहरीको प्रहरी टोलीले घाइते बोटेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?