७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अफगानिस्तानमा बाढीका कारण ३३ जनाको मृत्यु

नागरिक पोष्ट

सोमबार, ३ बैशाख २०८१

4982 views

4982 views

अफगानिस्तानमा बाढीका कारण ३३ जनाको मृत्यु

काबुल– अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।


विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारी अुनसार बाढीमा ३३ जनाको ज्यान गएको र २७ जना घाइते भएको देखिएको छ ।’

सो बाढीका कारण अधिकांश घरमा क्षति पुगेको छ । लगभग ६०० घरहरू क्षतिग्रस्त भएका छन् । साथै, २०० गाईवस्तुको मृत्यु भएको छ भने लगभग ६ सय किमी सडक नष्ट भएको छ र लगभग ८०० हेक्टर कृषि भूमिमा बाढी पसेको छ ।


देशका ३४ प्रान्तहरू मध्ये २० प्रान्तहरू भारी वर्षाले डुबानमा परेका छन् । जसअनुसार पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहारमा सबैभन्दा बढी क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?