सोमबार, ३ बैशाख २०८१
6155 views
6155 views
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ ।
बैठकमा संसदीय गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसदका काम कारबाहीको समीक्षा, कोशी र सुदूरपश्चिम प्रदेश सरकार, अबको रणनीति, संसदका समितिमा रहेका विचाराधीन विधेयकहरू लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।।