७ कार्तिक २०८१, बुधबार

ताजा खबर

५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

नागरिक पोष्ट

सोमबार, ३ बैशाख २०८१

5390 views

5390 views

५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते  बिहीबारदेखि  श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । 


बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४  स्थित  संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको  प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।


सो अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथै श्रृङ्गारिक महा–आरती महोत्सव पनि हुनेछ । वैशाख ६ गते बिहान कलश यात्रा हुनेछ । महायज्ञमा कथावाचन सुप्रसिद्ध पं. चन्द्रकान्त काफ्लेबाट हुनेछ । 


संयुक्त अपाङ्ग एकता आवाज केन्द्र बरिस्ठ   समाजसेवी तिल बहादुर कार्कीले स्थापना गर्नु भएको हो भनें अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेमा छन् ।

संस्थामा  आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास,  आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने उदेश्यले पितृ मोक्षसहितको सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । 

यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित 
 भई कथा श्रवण गर्नुहुन र मन, बचन र कर्मले सक्दो सहयोग गर्नुहुन सम्पूर्ण  दाजुभाई दिदिवहिनीहरुमा  कार्कीले हार्दिक अनुरोध  गर्नु भएको  छ ।  थप जानकारीको लागि: 9851087049 नम्बरमा  मा सम्पर्क गर्न  समेत आयोजकले अनुरोध गरेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?