७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनको मूल्य बढ्ने क्रम जारी, आजको कारोबार कतिमा ?

नागरिक पोष्ट

बुधबार, २८ चैत्र २०८०

5135 views

5135 views

सुनको मूल्य बढ्ने क्रम जारी, आजको कारोबार कतिमा ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ८०० र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।


अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?