७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रभु बैंककाे साधारण सभा वैशाख २० गते, सेयरधनीले लाभांस नपाउने

नागरिक पोष्ट

बुधबार, २८ चैत्र २०८०

12173 views

12173 views

प्रभु बैंककाे साधारण सभा वैशाख २० गते, सेयरधनीले लाभांस नपाउने

काठमाडौं । प्रभु बैंकले वैशाख २० गते वार्षिक साधारण सभा डाकेको छ ।बैंकले सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गर्ने छ भने वैशाख ३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई लाभांस भने नदिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?