७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सशस्त्रको आगलागी भएको केन्द्रीय स्टोरमा पुगे गृहमन्त्री लामिछाने

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

5509 views

5509 views

सशस्त्रको आगलागी भएको केन्द्रीय स्टोरमा पुगे गृहमन्त्री लामिछाने

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।  घटनास्थलमा पुगेर लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् ।

आगो अझै नियन्त्रणमा आएको छैन । १० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको आकलन गरिएको छ । क्षतिको यकिन विवरण आएको छैन । स्टोरमा लत्ताकपडा र बुट लगायतका सामान राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?