७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम गर्न माग

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

3724 views

3724 views

पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम गर्न माग

काठमाडौँ– प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ ।

पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको अधिवेशनका विषयमा विभिन्न कोणबाट विषयहरू आइरहेका सन्दर्भमा प्रेस सेन्टर नेपालले सो माग गरेको हो ।


प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासङ्घ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरे । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’ अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।


बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकारसँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताए ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार मिडियामैत्री रहेको र सञ्चार कानुनहरू निर्माणमा लागिरहेको बताइन् ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?