७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सिटिजन्स बैंकले वार्षिक उत्सवको अवसरमा सञ्चालन गर्यो निःशुल्क स्वास्थ्य शिविर

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

7243 views

7243 views

सिटिजन्स बैंकले वार्षिक उत्सवको अवसरमा सञ्चालन गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंकले १७औँ वार्षिकोत्सवलाई मध्यनजर गरेर शनिबार निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको सुख्खड शाखा र वाग्मती प्रदेशको कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले घोडाघोडी नगरपालिका–८ आमफाँटा कैलालीमा अवस्थित स्थानीय सीएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरको छ ।

 

यसैगरी, वाग्मती प्रदेशको काठमाडौं जिल्लाअन्तर्गत कपन शाखाले नेपलिज सोसाइटी अफ कम्युनिटी मेडिसिनमा आबद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कार्यक्रममा सरस्वतीनगरको परिक्रमा ‍र्यालीका साथै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन पनि भएको थियो ।

यसका साथै बिरामीहरूको रक्तचाप, मधुमेह परीक्षणलगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको थियो ।


स्वास्थ्य शिविरहरूमा करिब ३५० जना व्यक्तिहरूले स्वास्थ्य सेवा लिएको बैंकले जनाएको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?