७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

7005 views

7005 views

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमान्डौ ।  काठमाण्डौँ  जिल्ला काठमान्डौ महानगरपालिका वार्ड नं। १६ म्हेपी स्थित सेम प्यालेस रेस्टुरेण्टमा, प्रहरी बृत्त लैनचौर, सोह्रखुट्टे र सामुदायिक सेवा केन्द्र १६,१७ र २६ को संयुक्ता आयोजना र म्हेपी महिला समाजको समन्वयमा नागरिक सुनुेवाई एवं नयाँ बर्ष २०८१ सालको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम सामुदायिक सेवाकेन्द्र ठमेलका अध्यक्ष राम बहादुर रम्बा रजकको सभापतित्वमा भएको थियो ।प्रहरी बृत्त सोह्रखुट्टेका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक सत्य नारायण  थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

बिभिन्न सँघ संस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानिय बासीहरुको अन्दाजी १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुबाट शन्ती सुरक्षा संग सम्बन्धित बिभिन्न गुनासो तथा प्रश्नाहरु सामूहिक रुपमा प्रहरी बृत्त सोह्रखुट्ट, लैनचौरका कार्यालय प्रमुखमा राखेको थिए । 

उक्त गुनासो तथा प्रश्नाहरुको जबाफ तथा नयाँ बर्ष २०८१ को शुभ कामना समेत प्रहरी बृत्त लैनचौर, सोह्रखुट्टेका प्रमुखले दिनु भएको थियो । कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?