७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पाकिस्तानमा बोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

नागरिक पोष्ट

शनिबार, २४ चैत्र २०८०

3877 views

3877 views

पाकिस्तानमा बोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तान । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको बताइएको छ ।

सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना  बालबालिकाको मृत्यु भएको हो ।


एआरवाई न्यूजका अनुसार, विषाक्त पानी सेवनको घटना पछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् । पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । 

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो । 


जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्पसमेत बन्द गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?