७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कांग्रेसलाई उम्मेदवार टुंगो लगाउनै सकस, बिहिबार

नागरिक पोष्ट

शनिबार, २४ चैत्र २०८०

4778 views

4778 views

कांग्रेसलाई उम्मेदवार टुंगो लगाउनै सकस, बिहिबार

काठमाडौं। नेपाली कांग्रेसले वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज पनि उम्मेदवारको टुंगो लगाउन सकेन।

आज बसेको कांग्रेस संसदीय बोर्ड बैठकले पनि उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक पुनस् बिहिबार बस्ने भएको छ। बैठक बिहिबार बिहान ९ बजेका लागि बोलाइएको छ।

सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको बताइएको छ।

सभापति देउवाले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् भने शेखर–गगन पक्षले इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?