७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

नागरिक पोष्ट

शुक्रबार, २३ चैत्र २०८०

5067 views

5067 views

गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गायक तथा नेपाल आइडल सिजन(२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रकृया अघि बढाएको थियो ।


ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाईदिन पत्राचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?