१५ कार्तिक २०८१, बिहीबार

ताजा खबर

एनएमबि बैंकको संस्थापक सेयर लिलामीमा आजसम्म आवेदन दिन सकिने

नागरिक पोष्ट

बिहीबार, २२ चैत्र २०८०

6053 views

6053 views

एनएमबि बैंकको संस्थापक सेयर लिलामीमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २२ चैत । एनएमबि बैंकको सेयर लिलामीका लागि आवेदन दिने आज अन्तिम बाँकी रहेको छ । बैंकले ५२ हजार १ सय ७२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको थियो ।

सेयरमा आवेदन दिनका लागि लगानीकर्ताहरूले आज कार्यालय समयसम्म आवेदन पेश गर्नुपर्नेछ । सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूसहित इच्छुक व्यक्ति र संघसंस्थाहरूले पनि आवेदन दिन पाउनेछन्।

यसका लागि लगानीकर्ता तथा सेयरधनीहरूलाइ घटीमा १२० रुपैयाँ तोकिएको छ भने यसभन्दा बढी मूल्य कबोल गरेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर भर्न चाहने आवेदकले एनएमबि क्यापिटल, बालुवाटारमा सेयर लीलामीका लागि बोलपत्र पेश गर्नुपर्नेछ । जसमा आफूले लिन चाहेको सेयरको संख्या र बोलकबोलको रकम तोक्नुपर्नेछ । बैंकले चैत १६ गतेदेखि सेयर लिलामीको बिक्री खुलाएको थियो । बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?