७ कार्तिक २०८१, बुधबार

ताजा खबर

लगानीमैत्री कानून बनाउने तयारी अन्तिम चरणमा छौँ : अथर्मन्त्री पुन

नागरिक पोष्ट

बुधबार, २१ चैत्र २०८०

4999 views

4999 views

लगानीमैत्री कानून बनाउने तयारी अन्तिम चरणमा छौँ : अथर्मन्त्री पुन

काठमाडौं, २० चैत । अर्थमन्त्री वर्षमान पुनले लगानीका लागि बाधक मानिएका कानून संशोधन हुने बताएका छन् ।अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय मुद्रा कोषकी आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँगको भेटमा लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका हुन् ।

लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको भन्दै उनले बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानून बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए ।

लगानी वातावरण बनाउन संघीय संसदका दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको उनले जानकारी दिए ।

सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक ९एलडीसी० बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलीयतपूर्ण कर्जा लिने नीतिमा रहेको मन्त्री पुनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?