७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक

नागरिक पोष्ट

मंगलवार, २० चैत्र २०८०

6750 views

6750 views

गीतकार रेग्मीको मर्मस्पर्शी गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक

काठमाडौं । गीतकार नारायण रेग्मीको  निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत ‘‘दिल रोएको बेला’’ सार्वजनिक भएको छ । नेपाली साँगितिक वजारमा पछिल्लो समय मिठा मिठा गीत पस्कंदै आएका रेग्मीको ग्रेटर नेपाल सम्बन्धि ‘‘पुर्वको तिष्ठा पनि हामीलाई चाहियो, पश्चिमको काँगडा नि हामीलाई चाहियो‘‘ गीत छाँयाकंनको तयारीमा रहेको छ भने ‘‘नदेखेको भए तिमीलाई’’ रेकर्डिङको अन्तिम तयारीमा रहेको छ ।

प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर लक्ष्मण पोखरेलको सङ्गीत रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ । 

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?