७ कार्तिक २०८१, बुधबार

ताजा खबर

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

नागरिक पोष्ट

सोमबार, ७ फाल्गुन २०८०

7345 views

7345 views

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो ।

सोही कारणले  पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?