३१ भाद्र २०८१, सोमबार

ताजा खबर

आवासीय भिसाको वहानमा बेलायतमा बसेर ठगी गर्ने थापा र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी

नागरिक पोष्ट

सोमबार, ७ फाल्गुन २०८०

11102 views

11102 views

आवासीय भिसाको वहानमा बेलायतमा बसेर ठगी गर्ने थापा र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । भूतपूर्व गोर्खा सैनिकका सन्तानहरूलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानुन व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बेलायतको लन्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेस्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आउनु भएका थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतले ठगी आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।
बेलायतमा रहेका थापाविरुद्ध करोडौँ ठगी गरेको अभियोग रहेको छ । थापाले आफ्नो धन्दाको उजागर हुने भएपछि नेपालमा रहेका बिचौलिया लगाएर भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङलाई पक्राउ गराएपछि आफ्नै ठगी धन्दाको पर्दाफास भएको हो । 
बेलायतको लन्डनमा बस्दै आएका नेम्वाङलाई थापाकै डिजाइनमा पक्राउ गराइएको थियो । लन्डनमा बसेर आफ्नो ल फर्ममार्फत केस दर्ता गर्ने शुल्क लिएर पनि थापाले कुनै पक्रिया अघि नबढाउँदा झन्डै ५ सय जना पीडित बनेका छन् । सोही तथ्य खुलेपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार थापामाथि लाहुरेमाथि ठगी र ‘ब्ल्याकमेलिङ’को लामो श्रृखला सञ्चालन गरेको अभियोग छ । यस्तै थापाले पूर्व गोर्खा सैनिक सूर्य नेम्वाङको नाममा किर्ते गर्दै रकम असुली गर्दै आएको तथ्यसमेत भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?