७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन ३ सचिव छानबिनमा तानिए

नागरिक पोष्ट

सोमबार, ७ फाल्गुन २०८०

5985 views

5985 views

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन ३ सचिव छानबिनमा तानिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै खानेपानी मन्त्रालयका तत्कालीन ३ सचिवसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचारमा संलग्न रहेको आरोपमा परामर्शदाता र निर्माण कम्पनी विरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदारलाई रकम भुक्तानी गर्दा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मेलम्ची खानेपानी विकास समितिका तत्कालिन बोर्ड अध्यक्षहरु डा। सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुरलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । उनीहरु तीनैजना खानेपानी मन्त्रालयको सचिवको हैसियतमा मेलम्ची खानेपानी विकास समितिको बोर्ड अध्यक्ष थिए ।

अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन सहसचिव एवं मेलम्ची खानेपानी आयोजनाका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल विरुद्ध पनि मुद्दा दायर गरेको छ ।  अख्तियारले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन् बोर्ड सदस्य रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?