२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

सुरशाला म्युजिक एकेडेमीको तेस्रो शाखा विशालनगर बालुवाटार खुल्यो

नागरिक पोष्ट

शनिबार, ५ फाल्गुन २०८०

21591 views

21591 views

सुरशाला म्युजिक एकेडेमीको तेस्रो शाखा विशालनगर बालुवाटार खुल्यो

सुरशाला म्युजिक एकेडेमीको तेस्रो शाखा विशालनगर बालुवाटार काठमाण्डौमा १ बिगत १९ बर्षदेखी बालबालिकादेखि सबै उमेर समुहका संगीतप्रेमी जनहरुलाई संगीतको शिक्षा प्रदान गर्दै आएको सुरशाला म्युजिक एकेडेमीले आफ्नो तेस्रो शाखा विशालनगर काठमाण्डौमा शुरुवात गरेकोछ  भिन्दै सांगितीक वातावरणमा ४ बर्ष उमेरदेखि सबै उमेर समूहका नेपाली संगीत अनुरागीहरुले व्यबसायिक तथा तालिमप्राप्त युवा संगीत प्रशिक्षकद्वारा संगीतका विभिन्न विधामा प्रशिक्षण लिन सक्नेछन  सुरशालामा बालबालिकाहरुको लागि शनिवार र स्कुलपछी बिशेष गरि गायन, पियानो, गिटार, हारमोनियम, भायोलिन, तबला, नृत्य, चित्रकला आदि बिषयको १ बर्ष बेसिक र ३ बर्षे डिप्लोमाको कक्षा भैरहेको छ । 

 यसैगरि युवायुवती सबै उमेर समुहलाई गायन, बाद्दवादन, नृत्य दि बिषयको १ बर्ष बेसिक र ३ बर्षे डिप्लोमाको कक्षा भैरहेकोछ बिशेष गरि CTEVT बाट सम्बन्धन प्राप्त संगीतको भोकेशनल कक्षा (Singer- गायन/ Musicians) बिषय संगै रोजगारिको अवसर सहितको Music Teachers Training पनि संचालन भैरहेको छ ।  जसबाट संगीतमा बेसिक ज्ञान संगै प्रतिभा भएका भएका युवा युवतीले तालिम पश्तात विभिन्न निजि बिधालयहरुमा Music Teachers रोजगारी अवसर प्राप्त गर्नेछन ।  जसकारण युवाहरुलाई संगीत क्षेत्रमा स्थापित सजोलो हुनेछ  ियो कक्षा ६ महिना देखि १ बर्ष सम्मको हुनेछ बिहान, दिउसो र बेलुकाको समयमा संचालन हुदैछ ।  युवा गायक, संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्री र श्रीमती संगीता क्षेत्रीले संचालन गर्दै गर्दै आएको अनलाइन र प्रतक्ष गरि हाल २०० बिधार्थीले संगीत सिकिरहेको सुरशाला म्युजिक एकेडेमी मुख्य शाखा झम्सिखेल,ललितपुरमा रहेकोछ भने पेप्सीकोला भक्तपुर र विशालनगर काठमाण्डौमा अन्य शाखा संचालनमा ल्याएको छ । 

 नेपाली संगीत तथा बिभिन्न क्षेत्रका आदरणीय व्यक्तित्वहरु रामकृष्ण ढकाल, विकास राणा, सुश्मा राणा, हेमन्त शर्मा, नरहरि प्रेमी, रेखा शाह, सबिना कार्की, कृति शाह चन्द, प्राश्ना शाक्य, सुभास प्रधान, लगायत बिधार्थी र अभिभावकहरु माझ बसन्त पंचमिको बिशेष दिन सरस्वति पुजासंगै रिबन काटी उद्घाटन गरिएको थियो नेपालको पहिलो बाल गायन प्रतियोगीता सुरशाला आइडल जुनियर आयोजना गरेको सुरशाला म्युजिक एकेडेमीले धरै बाल प्रतिभाहरुको समेत उत्पादन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?