७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पोखरामा अवैध ६ केजी सुन र ६२ लाख नगदसहित भारतीय नागरिक समातिए

नागरिक पोष्ट

शनिबार, ५ फाल्गुन २०८०

4761 views

4761 views

पोखरामा अवैध ६ केजी सुन र ६२ लाख नगदसहित भारतीय नागरिक समातिए

पोखराबाट करोडौं रुपियाँ मूल्य पर्ने अबैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको ६ केजी ६९ ग्राम सुनसहित भारतीय नागरिक सुरजित भौमिक मंगलबार पोखरा-२ मोहोरियान टोलबाट पक्राउ परेका हुन् ।
मोहोरियाटोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको घरमा वर्षौंदेखि कोठा भाडामा लिई अबैध रुपमा सुनको कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुनसहित ६ किलोग्राम चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद भएको जिउल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए।

उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको थियो ।

भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर-११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?