७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मलाई सिध्याउने खेल सुरु भयो - कृष्ण कँडेल

नागरिक पोष्ट

शनिबार, ५ फाल्गुन २०८०

9164 views

9164 views

मलाई सिध्याउने खेल सुरु भयो - कृष्ण कँडेल

काठमाडौँ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको बताएका छन् । उनले आफूलाई सिध्याएर देश बन्छ भने आफू तयार रहेको बताए ।
राजधानीमा एक कार्यक्रम गर्दै कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारे । 

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको खुलाए । कँडेलले आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको भन्दै खण्डन समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?