७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौंमा ६ जना मृत अवस्थामा फेला

नागरिक पोष्ट

शुक्रबार, ४ फाल्गुन २०८०

7464 views

7464 views

काठमाडौंमा ६ जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौँसहित विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकहरुको विवरण यसप्रकार छन्- 

  • काठमाडौं- गोकर्णेश्वर नगरपालिका-५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका-४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 
  • सुनसरी- ईटहरी उपमहानगरपालिका-४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर बताउने ५५ वर्षीय प्रदिप चौधरी नाम गरेको व्यक्ति बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन् । 
  •  नवलपरासी पूर्व- मध्यबिन्दु नगरपालिका-११ तल्लो खयरसालस्थित काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका-४ घर भएका ३७ वर्षीय टेक बहादुर सोमै सोही नगरपालिका-११ मजुवास्थित अरुणखोलामा बिहीबार मृत अवस्थामा फेला परेका    छन् । 
  • ईलाम- माईजोगमाई गाउँपालिका-४ डाँडागाउँ बस्ने ३० वर्षीय भोजराज खत्री सोही नगरपालिका-४ नौलेगाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
  • मोरङ- मिक्लाजुङ गाउँपालिका-२ बस्ने ६९ वर्षीय पदम राई सोही गाउँपालिका-२ कुवा पानीस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • सर्लाही- चक्रघटा गाउँपालिका-८ औरहीस्थित नहरको भुर्पी पुल नजिक मसालाको रूख मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?