७ कार्तिक २०८१, बुधबार

ताजा खबर

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढ्यो

नागरिक पोष्ट

शुक्रबार, ४ फाल्गुन २०८०

6852 views

6852 views

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १।५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य शुक्रबार विहान १ बजेदेखि नै लागू हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?