३१ भाद्र २०८१, सोमबार

ताजा खबर

नेपालीसहित माल्दिभ्स सरकारद्वारा १२ देशका १८६ नागरिकलाई देश निकाला

नागरिक पोष्ट

बिहीबार, ३ फाल्गुन २०८०

8297 views

8297 views

नेपालीसहित माल्दिभ्स सरकारद्वारा १२ देशका १८६ नागरिकलाई देश निकाला

काठमाडौँ । माल्दिभ्सले ८ नेपालीसहित १२ देशका १८६ जना नागरिकलाई देश निकाला गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार देश निकाला गरिएकामा नेपालका ८, भारतका ४३, बङ्गलादेशका ८३ र श्रीलंकाका २५ जनासहित अन्य मुलुकका गरी १८६ जना नागरिक रहेका छन्।

भिसा उल्लंघन र लागुऔषध सम्बन्धी अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई देश निकाला गरिएको बताइएको छ। गैर कानूनी रूपमा सञ्चालित व्यवसायहरूलाई नियन्त्रण गर्न यस्तो कदम उठाइएको माल्दिभ्सका गृह मन्त्री अलि इहुसानले बताए।
यस विषयमा नेपाल सरकारलाई कुनै जानकारी नभएको परराष्ट्र मन्त्रालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?