७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पाल्पा जिप दुर्घटना अपडेट: १० जनाको मृत्यु, १८ जना घाइते

नागरिक पोष्ट

मंगलवार, १ फाल्गुन २०८०

6257 views

6257 views

पाल्पा जिप दुर्घटना अपडेट:  १० जनाको मृत्यु, १८ जना घाइते

पाल्पा– पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?