३१ भाद्र २०८१, सोमबार

ताजा खबर

१५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएकाे सीएनएनकाे दाबी

नागरिक पोष्ट

आईतवार, २८ माघ २०८०

6665 views

6665 views

१५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएकाे सीएनएनकाे दाबी

काठमाण्डाै – अमेरिकी सञ्चारमाध्यम 'सीएनएन' ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । यो सङ्ख्या सरकारले अनुमान गरेभन्दा ७५ गुणा बढी हो ।

रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका विभिन्न स्रोतले बताएका सीएनएनले जनाएको छ । यो प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ ।

सूचकाङ्कअनुसार नेपाली राहदानी विश्वव्यापी गतिशीलताका लागि संसारमा सबैभन्दा खराबमध्ये एक उत्तर कोरियाको भन्दा तल १०३ औँ स्थानमा छ । नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ ।  सांसद र अधिकारकर्मीहरूलेसरकारले भनेको सङ्ख्या निकै कम भएको हुन सक्ने बताउँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनले अहिले चार जना नेपालीलाई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्ने प्रश्नमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?