७ कार्तिक २०८१, बुधबार

ताजा खबर

स्वतन्त्र पत्रकार संघको उपत्यका भेला आव्हान

नागरिक पोष्ट

शनिबार, २७ माघ २०८०

7498 views

7498 views

स्वतन्त्र पत्रकार संघको उपत्यका भेला आव्हान

माघ २७, काठमाडौं । स्वतन्त्र पत्रकर सघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष तथा उपत्यका सयोजक पाण्डे द्वारा उपत्यका भेलाको आव्हावन गरिएको छ ।

स्वतन्त्र पत्रकर संघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष तथा उपत्यका सयोजक पुष्कर राज पाण्डे द्वारा उपत्यका भेलाको आव्हावन गरेका हुन्।

स्वतन्त्र पत्रकर सघ नेपालको आउदै गरेको १३ औ साधारण सभा तथा ७ औ महाधिवेशन लाई लक्षित गरि उपत्यका भेला गर्न लागेको र लामो समय देखि संघको उपत्यका भेला पनि गर्न नसकिएकोले संघको काम काजलाई तदारुकका साथ आगामि दिनमा अगाडी बढाउने लक्षका साथ उक्त भेला गर्न लागेको पाण्डेले बतायका छन् ।

 साथै २०८० चैत्र मसान्त सम्म सबै जिल्लाहरुको पनि अधिबेशन गरिसक्नु पर्ने र नयाँ र सक्षम ब्यक्तिलाई अगाडी  सारिनु पर्ने, सघको केन्द्रीय महाधिवेशनले सघलाई नेतृत्व लिन सक्ने र पत्रकराहरुको हक हितको लागि काम गर्न सक्ने ब्यक्ति लाई अगाडि सारिनु पर्ने भएकाले केन्द्रको राजधानी काठमाडौं जिल्लाको अध्यक्ष र उपत्यका सम्योजक को नाताले उक्त भेला आह्वान गरेको पाण्डेले बताएका छन् ।

पाण्डेले लगातार दुई पटक सम्म काठमाडौं को नेतृत्व समालिसकेको एक कुशल,सरल,नेतृत्व लिन सक्ने, आफ्नो काम प्रति अडिग शालिन  ब्यक्तित्वको रुपमा परिचित छन् । उनको नेतृत्वमा पत्रकारको हक हितको लागि धेरै काम गरेका छन् । साथै कोभिडको समयमा श्रमजिवि पत्रकारहरुको सहजताको लागि स्वास्थ्य सामग्री  र खाध्यान्न बितरण समेत पाण्डेको नेतृत्व मा भएको थियो ।
 
उपत्यका भेला फागुनको दोर्सो साता गर्ने त्यसको लागि फागुनको २ गते काठमाडौं जिल्लाको  मिटिङले उपत्यकाको ३ जिल्ला मध्ये कुन जिल्लामा गर्ने कुन स्थान र कुन समय गर्ने भन्ने बिषयमा छलफल समेत गर्नु पर्ने जिल्ला उपाध्यक्ष साबित्री बस्नेतले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?