७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काठमाडौँ महानगरपालिका भित्र सञ्चालित अपाङ्गता सम्बन्धी कार्यक्रमका विषयमा छलफल

नागरिक पोष्ट

शनिबार, २७ माघ २०८०

13482 views

13482 views

काठमाडौँ महानगरपालिका भित्र सञ्चालित अपाङ्गता सम्बन्धी कार्यक्रमका विषयमा छलफल

२७ माघ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ । नेपाल अपाङ्ग महिला संघ देशै भरी छरिएर रहेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको मुद्दामा काम गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले देशका विभिन्न क्षेत्रमा काम गर्न क्रममा काठमाडौँ महानगरपालिका भित्रका अपाङ्गता भएका महिलाहरूका लागि लक्षित गरेर पनि काम गर्दै आएको छ। यसै क्रममा यही माघ २६ गते काठमाडौँमा अपाङ्गता भएका महिलाहरूका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको विषयमा सिकाइ तथा अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गर्योक ।

सी।वि।एम। को सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले सहभागी सबैलाई स्वागत गर्दै काठमाडौँ महानगरपालिकाले यस क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरूका अति आवश्यक सवालहरूलाई समावेश गर्ने प्रयास गरेको भएता पनि नीति तथा कार्यक्रमहरूमा पूर्ण रूपमा समावेश नगरिएको गुनासो गर्नु भयो । साथै उहाँले अबका दामा काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने कुरामा जोड दिँदै उनीहरूको सीप, योग्यता र क्षमतालाई बेवास्ता गरिएको भन्दै अबका दिनमा विभिन्न सञ्चार माध्यमहरूले अपाङ्गता भएका व्यक्तिहरूका दुःख र पीडा भन्दा पनि सङ्घर्ष पछिका सफलतालाई प्रकाशन र प्रसारण गरिनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी यसै संस्थाकी महासचिव देवकुमारी पराजुलीले नेपाल अपाङ्ग महिला संघको कार्य, क्षेत्र, संस्थाको लक्ष्यको बारेमा प्रस्ट पार्दै काठमाडौँ महानगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित कार्यक्रमको गतिविधिका विषयमा जानकारी गराउनु भएको थियो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई स्थानीय निकायले प्राथमिकताका नदिएको गुनासो पनि गर्नु भयो ।

यसै क्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि बोसिया संघकी अध्यक्ष गोमा देवी पौडेलले काठमाडौँ महानगरपालिकाले समन्वय समितिको सदस्य रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचय पत्रको विषयमा मात्र छलफल गर्ने क्रममा सहभागी गराउने र अन्य छलफल 
तथा कार्यक्रमहरूमा सहभागी नगराउने गुनासो गर्दै भर्खरै यस महानगरपालिकाले बहिरा अपाङ्गता भएका व्यक्तिहरूको सञ्चारको लागि  २ जना दोभाषेको व्यवस्था गरी राम्रो कार्यको सुरुवात गरेको पनि जानकारी गराउनु भयो ।

यस छलफल कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ५ की वडा सदस्य आरती सुनारले विभिन्न स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्न बजेट विनियोजन गरिएको, अपाङ्गता मैत्री संरचना निर्माणको कार्यको सुरुवात गरिएको भन्दै आफ्नो वडाबाट पनि ५ लाख रुपैयाँ विनियोजन गरिएको, अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूलाई अपाङ्गताका विषयमा तालिम दिने बताउनु भयो ।

नेपाल अपाङ्ग महिला संघले काठमाडौँमा आयोजना गरेको यस सिकाइ तथा अनुभव आदान प्रदान कार्यक्रममा आयोजक संस्था अर्थात् नेपाल अपाङ्ग महिला संघकी मनिटरिङ् लर्निङ् डकुमेन्टेशन अफिसर दुर्गा कार्कीले सार्वजनिक निकायका संरचनाहरू अपाङ्गता अनुकूलको नहुँदा, अपाङ्गता प्रति नकारात्मक सोचाइको अन्य हुन नसक्दा, अपाङ्गता भएका व्यक्तिहरूको जीवन चुनौती पूर्ण रहेको भन्दै अबका दिनमा सञ्चार माध्यमहरूले यस्ता विषयहरूको खोजी गरी अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूसँग सहकार्य गर्दै सञ्चार माध्यम मार्फत सरोकारवाला निकायहरूको ध्यान केन्द्रित गर्न आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?