७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चार दिनमा अछाम, डडेलधुरा र मुुगुमा ६ जनाको ज्यान गयो

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

5577 views

5577 views

चार दिनमा अछाम, डडेलधुरा र मुुगुमा ६ जनाको ज्यान गयो

काठमाण्डाै - जाडोमा आगो ताप्दा र आगोको काम गर्दा सावधानी नपनाउँदा बितेको चार दिनमा ६ जनाको ज्यान गएको छ ।

हिजो बेलुकी अछामको मेल्लेख गाउँको एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परि ज्यान गएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको तथा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ गोडेखोलामा आगलागीमा परेर दाजुबहिनीको ज्यान गएको थियो ।

जाडोको बेला आगो ताप्दा र हावाहुरी चल्ने बेला आगोको काम गर्दा विशेष ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् । हावाहुरी चलेको बेला जथाभाबी आगो बाल्न हुँदैन भने आगोको काम सकिएपछि राम्रोसँग निभाउनुपर्छ । सलाइ, लाइटरजस्ता आगो लाग्ने सामग्री केटाकेटीले नभेट्ने ठाउँमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?