१० मंसिर २०८१, सोमबार
ताजा खबर

काठमाडौँमा एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) फिचरका सीसीटिभी क्यामरा जडान

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

7430 views

7430 views

काठमाडौँमा एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) फिचरका सीसीटिभी क्यामरा जडान

काठमाडौं । न्याय परिषद्ले १२ जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्को आज बसेको बैठकले तीन जना उच्च अदालतका न्यायाधीशसहित १२ जना न्यायाधीशको सरुवा गरेको हो ।

उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा काज सरुवपा भएको छ । यस्तै सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको हो ।


कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालत, सुनसरीका हरिप्रसाद कोइरालाको कास्की र कास्कीका अवनी मैनालीको मकवानपुर जिल्ला अदालतमा सरुवा गरिएको छ ।

न्यायपरिषद्ले तेह्रथुमका जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेको पर्सा, रौतहटका तेजबहादुर खड्काको झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।


यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन जिल्ला अदालतमा काज सरुवा भएको छ । नवलपुर जिल्ला अदालतका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ ।

बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतमा कामकाज गर्नेगरी तोक्न पनि न्याय परिषदले सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?