७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपालको ठेगानाको डिजिटल एप  प्रणाली विकास

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

6206 views

6206 views

नेपालको ठेगानाको डिजिटल एप  प्रणाली विकास

काठमाडौं। नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपयोगी डिजिटल ठेगाना प्रणाली विकास भएको छ । २० वर्षभन्दा बढी समयदेखि नेपालमा उपयोगी प्रविधिको अनुसन्धान र विकास गरिरहेको रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले यो प्रणाली विकास गरेको हो ।

कताहो, पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणालीको सफ्टवेयर तथा एप्लिकेसन भएको एड्रेसग्राफ नेपालले जनाएको छ ।

यो प्रणाली सर्वसाधारण, पालिका, हरेक तहका सरकार, संघ संस्था लगायत हरेकका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार कताहो नेपाली शब्द र अंक मिलाएर बनाएको वैज्ञानिक ठेगाना प्रणाली हो । नक्साको पूर्वाधारको रूपमा काम गर्ने कताहोले देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने छ ।

यसमा देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट ९टुक्रा० मा विभाजन गरी हरेक प्लट ९टुक्रा० का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिइएको यो प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ ।

पाँच वर्षको अनुसन्धानपछि विकास भएको मोबाइल एप र वेबमा आधारित ‘कताहो’ नामको ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर समावेश गर्न सकिन्छ ।

त्यस्तै सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिन्छ । यो प्रणालीको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न, प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको ठेगाना तयार गर्नु रहेको छ ।

कता हो एपमार्फत सर्वसाधारणले आफ्नो घरको ठेगाना प्लेटु निःशुल्क तयार गरी आफूलाई मन परेको मेटेरियलमा ९फलामको पाता, अल्युमिनियम पाता, मेटल इचिंग, इन्ग्रेभिंग आदि) नजिकको प्रिन्टिंग सेवा प्रदान गर्ने सेवा प्रदायक बाट प्रिन्ट गराउन सक्छन् ।

यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने कम्पनीको दावी छ । । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिनेछ, उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्या‍उन एकदमै उपयोगी र प्रभावकारी रहने अपेक्षा गरिएको छ ।

विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन सकिने अत्याधुनिक नम्बर प्लेट प्रणाली ‘कता हो’ यसै वर्षको सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२४ मा उद्घाटन हुँदैछ ।

यस्ता छन् ‘कताहो’का फाइदा

ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने सरकारको ठूलो धनराशि बचत हुने

बोलेर स्थान शेयर गर्न सकिने

आपतकालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने

घरको साथै देशको जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने

ठेगाना पाटी (एड्रेस प्लेट)मा रहेको क्युआर कोडमार्फत घन्टी बजाउन सकिने

ठेगाना पाटी (एड्रेस प्लेट)मा अंग्रेजी अक्षर समेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने

स्थानीय तहले सजिलो र छिटोछरितो रूपमा आफ्नो क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सकिने

सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षण क्षेत्रहरु छुट्ट्याई अभिलेखन गर्न सकिने

पालिका तथा अन्य सरकारी निकायको लागि छुट्टै अफलाइन सफ्टवेयरको व्यवस्था

जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने

सरकारी तथा सबै प्रकारका केवाइसी फारममा उल्लेख गर्न सकिने ठेगाना कोड

सर्वसाधारण र सबै तहका सरकारलाई एप र वेब सेवा निःशुल्क प्रदान गरिने भएकाले लाभान्वित हुन सक्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?