७ कार्तिक २०८१, बुधबार

ताजा खबर

लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

4064 views

4064 views

लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, २३ माघ ।  मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ३०० रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ५०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज १ लाख १८ हजार रूपैयाँ कायम भएको छ  भने तेजावी सुनको मूल्य तोलको १ लाख १७ हजार ४५० रूपैयाँ निर्धारण भएको छ ।

हिजो छपावाल सुन १ लाख १८ हजार ५०० रूपैयाँ र तेजावी सुन  १ लाख १७ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो ।

यता सोमबारको तुलनामा १५ रूपैयाँले घटेर आज चाँदीको मूल्य तोलाको १३ हजार ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?