७ कार्तिक २०८१, बुधबार

ताजा खबर

जेसिस एसईई हाजिरीजवाफ प्रतियोगितामा

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

6937 views

6937 views

जेसिस एसईई हाजिरीजवाफ प्रतियोगितामा

काठमाण्डौँ । चन्द्रागिरि नगरपालिका सतुगंलस्थित जेसिस इन्टरनेसनल स्कूलद्वारा आयोजित अन्तर विद्यालय प्रथम जेसिस एसईई हाजिरीजवाफ प्रतियोगितामा प्याराडाइज रिडर्स एकेडेमी प्रथम भएको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा एन्जल्स सेकेन्डरी स्कूलले दोश्रो स्थान हात पार्दा ब्राइट फ्यूचर माविले तेस्रो स्थान हात पार्यो । यसैगरी  ऋचा को(एजुकेशनल होमले सान्त्वना स्थान हासिल गर्यो ।


चन्द्रागिरि प्याब्सनमा आवद्ध चौध विद्यालयहरूका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको आसन्न  एसईई परीक्षा तयारी तथा विद्यार्थीहरूमा ज्ञान, सीप अभिवृद्धि , राम्रो सिकाइ बानी प्रवर्द्धन तथा आत्मविश्वास बढाउन  कार्यक्रम परिकल्पना गरिएको प्रतियोगिता संचालिका श्री मिन्जु शोभा चित्रकारले जानकारी दिनु भयो।

विजयीहरूका लागि चन्द्रागिर नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुजनराज खनाल, शिक्षा अधिकृत बुद्धि प्रसाद भट्ट, प्याब्सन चन्द्रागिरिका अध्यक्ष दीपक महर्जन लगायतले ट्रफी, मेडल तथा प्रमाण(पत्र वितरण गर्नुभएको सो हाजिरी जवाफ प्रतियोगिता संयोजक तथा जेसिस स्कूलका प्रशासक उपेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले आगामी वर्षहरूमा पनि एसईई हाजिरीजवाफ प्रतियोगिता निरन्तरता अघि बढ्ने बताउनुभयो । प्रतियोगितामा एप्रोच इंग्लिश सेकेण्डरी स्कूल, ज्ञान सुधा एकेडेमी, मेगा पब्लिक एकेडेमी, ब्राइट फ्यूचर सेकेण्डरी स्कूल, बालतारा प्रतिष्ठान ९लिटिल स्टार्स एकेडेमी०, प्याराडाइज रिडर्स एकेडेमी, थानकोट इंग्लिश स्कूल, ए।आइ। सेकेण्डरी स्कूल, गोल्डेन फ्लावर सेकेन्डरी स्कूल, माउन्ट चन्द्रागिरि इंग्लिश स्कूल, सनसाइन स्कूल, ऋचा को(एजुकेशनल होम, ब्राइट एन्जल्स सेकेन्डरी स्कूल र हाई न्यु भिजन एकेडेमीले सहभागी जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?