७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अरुण चौधरीलाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

नागरिक पोष्ट

सोमबार, २२ माघ २०८०

7073 views

7073 views

अरुण चौधरीलाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ । अरुणकुमार चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ।

माघ १८ मा पक्राउ परेपछि चार दिन म्याद थप गरिएका यी तीन जनामाथि अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको हो। 

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?