७ कार्तिक २०८१, बुधबार

ताजा खबर

लैंगिक हिंसा नियन्त्रण र कार्यसंचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

9215 views

9215 views

लैंगिक हिंसा नियन्त्रण र कार्यसंचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । लैंगिक हिंसा नियन्त्रण संजाल काठमाडौ शाखाको नियमित बैठक आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा आगामी दिनहरुमा अपराध रोकथाम गर्न संघ सस्था र प्रहरी मिलेर काम गर्नु पर्ने, त्यस्तै संजाल को कोषलाई ब्यवस्थित बनाउन कार्यविधी बनाउने जस्ता निर्णयहरु भएको थियो । 

कार्यक्रममा नेपाल स्काउट का रन्जन श्रेष्ठले विद्यालय स्तरबाटनै लैंगिक हिंसा बारेमा जानकारी दिन आवश्यक रहेको बताउनु भयो । त्यसै गरी अधिवक्ता भिम धिमालले सबै स्टेकहोल्डरहरु सङ लैंगिक हिंसाको अवस्था बारेमा छलफल गर्नुु पर्ने बताउनु भयो । लैंगिक हिंसा नियन्त्रण संजाल कि कोषाध्यक्ष रसना ढकालले कोशको रकम र खर्च बारेमा जानकारी दिनु भयो । 

कार्यक्रममा सशस्त्र प्रहरी बल अन्तर्गत लैंगिक हिंसा शाखा ,रक्षा नेपाल, बिश्वास नेपाल , शुभ अवसर ग्राम नेपाल, जागृती महिला महासङ, नेपाल अभिभावक संघ, नेपाल स्काउट,आकार लिगल सर्भिस र संरक्षक समुह नेपाल को उपस्तिथि रहेको थियो । संजालको स्थापना २०७८ सालमा भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?