७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बूढानीलकण्ठ क्षेत्र पनि उपत्यका प्रहरीको प्रत्यक्ष निगरानीमा

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

6784 views

6784 views

बूढानीलकण्ठ क्षेत्र पनि उपत्यका प्रहरीको प्रत्यक्ष निगरानीमा

काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ। प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सीसी क्यामराको उद्घाटन गरे।

सुरक्षित काठमाडौँ योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सीसी क्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?