७ कार्तिक २०८१, बुधबार

ताजा खबर

यस्तो छ साताको शेयर बजार

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

9249 views

9249 views

यस्तो छ साताको शेयर बजार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १७ अंकले घटेको छ । कारोबारको सुरुवाती दिनमा बढे पनि अन्तिम दुई दिन बजार घटेर बन्द भएको हो ।

यो साता आइतबार, सोमबार र मंगलवार परिसूचक बढेको थियो । बुधवार २१ र बिहीबार ३० अंकले घटेर यो साता परिसूचक २०६७ अंकमा आइपुगेको हो ।

५ दिन कारोबार भएको नेप्सेमा यो साता २६ अर्ब रुपैयाँको कारोबार भएको छ । गत साता २३ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो । यो साताको तुलनामा गत साता २ अर्ब ६ करोड कम कारोबार भएको थियो ।

परिसूचक घटेसँगै नेप्से पुँजीकरण समेत घटेको छ । यो साता नेप्सेको कूल बजार पुँजीकरण २४ अर्बले घटेको हो । यससँगै, नेप्से पुँजीकरण ३२ खर्ब ७३ अर्ब रुपैयाँबाट ३२ खर्ब ४८ अर्ब रुपैयाँमा आइपुगेको छ ।

यो साताको कारोबारमा ३ समूहको परिसूचक बढेको छ । अन्य समूहको परिसूचक गत साताको तुलनामा सर्वाधिक ३ दशमलव ८५ प्रतिशत बढेको हो । योसँगै व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ ।

यो साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २३ प्रतिशत, बैंकिङको २ दशमलव १३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ८४ प्रतिशत, विकास बैंकको १ दशमलव ६६ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत वित्तको शून्य दशमलव ४१ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?