७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आज फलफूल तथा तरकारीको मूल्य कति ?

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

5781 views

5781 views

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

समितका अनुसार हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२०, अनार २५०, किबी ३५०, एभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।


यस्तै, नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३५, अदुवा २००, रातो आलु र रातो भारतीय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ७०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ४०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १००, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्री भइरहेको छ ।


गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६२, हरियो प्याज १२० र पुदिना ३५०, ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन ११०, नेपाली सुकेको लसुन ३१०, लाम्चो भान्टा ६०, भिण्डी ११० र हरियो धनियाँ ११० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?