३१ भाद्र २०८१, सोमबार

ताजा खबर

सुनको माग विश्वव्यापी उच्च बिन्दुमा

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

6903 views

6903 views

सुनको माग विश्वव्यापी उच्च बिन्दुमा

काठमाण्डौ ( सन् २०२३ मा सुनको विश्वव्यापी माग उच्च बिन्दुमा पुगेको विश्व सुन परिषद् अर्थात् वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ ।

सन् २०२३ मा विश्वव्यापी सुनको माग तीन प्रतिशतले बढेर चार हजार ८ सय ९९ टन पुगेको परिषद्ले जनाएको छ । परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूमा सुनको माग एक हजार ३७ टन रहेको र यो इतिहासकै दोस्रो उच्च भएको उल्लेख छ ।

विश्वव्यापी सुनजन्य सामान विनिमय व्यापार कोष ९ईटीएफ० ले सुनको मागसँगै कारोबार बढेको जनाएको छ । सन् २०२३ मा सुनको विनिमय रेकर्ड २४४ टनभन्दा बढी रहेको कोषले जनाएको छ । सुनको बार र सिक्काको विश्वव्यापी माग वार्षिक रूपमा तीन प्रतिशतले घटेको छ भने गहनाको माग बढेर दुई हजार ९३ टन पुगेको छ ।

चीनको आर्थिक सुधारले विश्व बजारमा सुनका गहनाको माग बढाएको परिषद्ले जनाएको छ । सन् २०२३ मा सुनखानीको उत्पादन एक प्रतिशतले वृद्धि भइ तीन हजार ६४४ टन पुगेको प्रतिवेदनमा उल्लेख छ । माग बढेसँगै सुनको भाउ पनि तीव्र गतिमा उकालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?