७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपालमा फेरि पश्चिमी वायु सक्रिय : वर्षा र हिमपात हुने

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

7447 views

7447 views

नेपालमा फेरि पश्चिमी वायु सक्रिय : वर्षा र  हिमपात हुने

काठमाण्डौ – देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएको छ । यसअघि यही हप्ता पश्चिमी वायु सक्रिय भए पनि पूर्वानुमान् अनुसार पानी नपरेकोमा फेरि पश्चिमी वायु सक्रिय भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि फाट्टफुट्ट पानी पर्न थालेको छ । दिउँसो गण्डकी भन्दा पश्चिमतर्फको पहाडी क्षेत्रमा बदली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

यस पटक सक्रिय पश्चिमी वायुले बाग्मती र कोशी प्रदशेका पहाडी क्षेत्रमा पनि सामान्य वर्षा गराउने सम्भावना छ । काठमाण्डौ उपत्यका सहित पूर्वका क्षेत्रमा आज बेलुकीपख वर्षाको सम्भावना छ । ती क्षेत्रमा पनि दिउँसोदेखि नै मौसम बदली हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?