७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नक्कली शैक्षिक प्रमाणपत्रबाट अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

नागरिक पोष्ट

शुक्रबार, १९ माघ २०८०

6665 views

6665 views

नक्कली शैक्षिक प्रमाणपत्रबाट अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

काठमाण्डौ - नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ । प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णीम दाहाललाई पक्राउ गरेको हो । अघिल्लो वर्ष सन् २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो ।

भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र १२ कक्षाको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?