७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एलओडी सहित ४३ डान्सबार, दोहोरी र क्लबलाई कर तिर्न काठमाडौं महानगरको पत्र

नागरिक पोष्ट

शुक्रबार, १९ माघ २०८०

12768 views

12768 views

एलओडी सहित ४३ डान्सबार, दोहोरी र क्लबलाई कर तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यसपटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्र पठाइएको हो ।

ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, काराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ याक बार, बियर बार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बारलाई पनि पत्राचार गरिएको महानगरले जनाएको छ ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?