७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउ

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

5866 views

5866 views

बाँसबारी छाला जुत्ताको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी  पक्राउ

काठमाडौं :  व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?