७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बैंक तथा वित्तीय संस्थामा एकै दिन २ अर्बले निक्षेप थुप्रयो

नागरिक पोष्ट

बिहीबार, १८ माघ २०८०

9266 views

9266 views

बैंक तथा वित्तीय संस्थामा एकै दिन २ अर्बले निक्षेप थुप्रयो

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा केही सुधारको संकेत देखिएपछि बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाद्वारा संकलन गरिएको निक्षेपको आकार ६१ खर्ब नाघेको छ । गत माघ १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाको त्यस्तो निक्षेप ६१ खर्ब ३४ अर्ब पुगेको हो । यसरी हेर्दा एकै दिनकै अवधिमा बैंक तथा वित्तीय संस्थामा २ अर्ब निक्षेप संकलन भएको पाइएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार माघ १४ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २९ अर्ब रहेको छ । त्यसो त त्यसको अघिल्लो दिन अर्थात् माघ १३ गते वाणिज्य बैंकहरुको निक्षेप संकलन ५४ खर्ब २७ अर्ब रहेको थियो । एकै दिन २ अर्ब निक्षेप बढेको तथ्यांक सार्वजनिक भएको हो ।

निक्षेपमा मात्र होइन कर्जामा पनि बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट ३ अर्ब रुपैयाँले कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार माघ १३ गते ५० खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ १४ गते कर्जाको आकार बढेर ५० खर्ब ८१ अर्ब पुगेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार कर्जा–निक्षेपको आकार अनुपात ८० दशमलव ४८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?