८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

आइतबार बाट काठमाडौँका यी स्थानमा एक सातासम्म विद्युत् सेवा बन्द हुने

नागरिक पोष्ट

शनिबार, ६ माघ २०८०

5390 views

5390 views

आइतबार बाट काठमाडौँका यी स्थानमा एक सातासम्म विद्युत् सेवा बन्द हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार बाट एक साताको लागि विद्युत् सेवा आपूर्ति नहुने भएको छ । महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । आइतबारदेखि शनिवारसम्म बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । 

माघ ७ गते महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन । 

त्यस्तै ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने सूचनामा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?